पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि

पेट्रोल, डिजेल र मट्टीतेलमा १५-१५ रुपैयाँ मूल्यवृद्धि, दैनिक जीवन थप महँगिने

images
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौं ।  पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५-१५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको छ ।  मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।

    यस्तै डिजेलरमट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल निर्धारण गरेको छ ।

    मध्यपूर्वमा जारी रहेको युद्दका कारण अन्तराष्टिय बजारमा पेट्रोलियम पदार्थको भारी मात्रामा बृद्दि भएको र इन्डियन आयल कर्पाेरेशनबाट मूल्यबृद्दि भई आएकोले समायोजन गर्न मूल्यबृद्दि गर्नुपरेको नेपाल आयल निगमले जनाएको छ । केही समय अगाडी मात्रै पनि भारी मात्रामा आयल निगमले मूल्यबृद्दि गरेको थियो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend