काठमाडौँ । साताकाे अन्तिम काराेबारकाे दिन सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।
बिहिबार नेप्से परिसूचक १४ दशमलव २१ अंकले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो ।
आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको छ ।
यसदिन विकास बैंक शून्य दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव शून्य चार र व्यापार समूह दुई दशमलव ८४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
.jpg)
