बिहिबार बढ्याे नेप्से

बिहिबार बढ्याे नेप्से

images
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।

    आज नेप्से परिसूचक पाँच दशमलव ८२ अंकले बढेर दुई हजार ७८२ दशमलव १८ को बिन्दुमा कायम भएको हो ।

    बिहिबार ३२८ कम्पनीको दुई करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर एक लाख तीन हजार २२५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ दशमलव २९ को कारोबार भएको छ । 

    आजको कारोबारमा बैंकिङ शून्य दशमलव ११, वित्त शून्य दशमलव ८७, जीवन बिमा शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूहको उपसूचक शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend