अबदेखि शुक्रबार सेयर बजार खुल्ने, आइतबार बन्द हुने

अबदेखि शुक्रबार सेयर बजार खुल्ने, आइतबार बन्द हुने

images
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौं ।  सरकारले शनिबार र आइतबार सरकारी कार्यालयहरुमा सार्बजनिक बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले पनि आफनो कारोबार तालिकामा केही संशोधन गरेको छ । सेयर बजार शुक्रबार र शनिबार बन्द हुने गरेकोमा अबदेखि शनिबार र आइतबार बन्द भएर शुक्रबार बजार खुल्ने भएको छ । 
    नेपाल स्टक एक्सचेन्जले शुक्रबार नियमित कारोबार खुलाउने गरी यो खालको ब्यवस्था गर्ने भएको हो । 

    सेयर बजार पाँच दिन खुल्ला रहने गरेको थियो । सरकारले शनिबार र आइतबार बिदा दिएपछि अब सेयर बजारमा के होला ? भन्ने औन्यलता देखिएको थियो । तर नेप्सेले शनिबार र आइतबार बन्द गरेर सोमबारदेखि शुक्रबारसम्म ५ दिन बजार खुल राख्ने भएको हो । 
    यस अगाडी, सरकारले २०७९ जेठ १ देखि शनिबार र आइतबार विदा दिादा नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend