अनरको 'म्याजिक अफ ८' सार्वजनिक

अनरको 'म्याजिक अफ ८' सार्वजनिक

images
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । नेपाली प्रविधि बजारमा नयाँ उत्साह थप्दै अनरले ‘म्याजिक अफ ८’ नामक आफ्नो नवीन शृंखला सार्वजनिक गरेको छ । यसअन्तर्गत ‘अनर म्याजिक ८ प्रो’, ‘अनर एक्स ८ डी’ र ‘अनर प्याड एक्स ८ बी’ बजारमा ल्याइएको छ । यो शृंखला शक्तिशाली प्रदर्शन, अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) र आकर्षक डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले नेपाली प्रयोगकर्तालक्षित दैनिक जीवनमा प्रविधिको प्रयोगलाई अझ सहज, प्रभावकारी र आधुनिक बनाउने उद्देश्यसहित नयाँ उपकरण सार्वजनिक गरिएको जनाएको छ । उच्च अपेक्षा राख्ने प्रयोगकर्तालाई केन्द्रमा राखेर तयार गरिएको यो शृंखलाले प्रयोग अनुभवलाई नयाँस्तरमा पुर्‍याउने विश्वास गरिएको छ ।

    यो शृंखलाको मुख्य आकर्षणका रूपमा रहेको ‘अनर म्याजिक ८ प्रो’ विशेष गरी उच्चस्तरीय प्रयोगकर्तालाई ध्यानमा राखेर निर्माण गरिएको हो । यसमा २०० मेगापिक्सेलको अल्ट्रा स्पष्ट क्यामेरा जडान गरिएको छ । त्यसले सूक्ष्म विवरण समेत उत्कृष्ट स्पष्टताका साथ कैद गर्न सक्षम बनाउँछ ।

    नवीनतम स्न्यापड्रागन आठ एलिट जेन पाँच प्रोसेसर र शक्तिशाली सात हजार १०० मिलिअम्पियर आवर क्षमताको ब्याट्रीले यो उपकरणलाई तीव्र गति र लामो समयसम्म चल्ने क्षमता प्रदान गर्छ ।

    यसमा समावेश गरिएका कृत्रिम बुद्धिमत्ता आधारित सुविधा जस्तै, एआई स्क्रिन सुझाव, एआई फोटो सहायक तथा एआई सुरक्षा सुधारले प्रयोगकर्तालाई अझ स्मार्ट र सुरक्षित अनुभव दिने कम्पनीले जनाएको छ ।

    ‘अनर म्याजिक ८ प्रो’को अग्रिम बुकिङ मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । सीमित अवधिका निम्ति खरिद गर्ने ग्राहकलाई ३० हजार रुपैयाँबराबरको अनर प्याड एक्स ८ बी निःशुल्क प्रदान गरिने जनाइएको छ ।

    ‘अनर प्याड एक्स ८ बी’मा ११ इन्चको आई फ्रेन्ड्ली सुविधा छ । यसले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा असर नपर्ने अनुभव दिन्छ । १० हजार १०० मिलिअम्पियर आवर क्षमताको ब्याट्री र प्रिमियम धातु संरचनाले यसलाई मजबुत तथा आकर्षक बनाएको छ ।

    यस्तै, स्टाइल र पावर दुवै चाहने प्रयोगकर्ताका निम्ति ‘अनर एक्स ८ डी’लाई उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ । यसमा अल्ट्रा स्लिम डिजाइनसँगै सात हजार मिलिअम्पियर आवर क्षमताको ब्याट्री र ४५ वाट फास्ट चार्ज सुविधा दिइएको छ ।

    यसमा स्मार्ट एआई बटनमार्फत प्रयोगकर्ताले एआई सारांश, सर्कल टु सर्च, एआई सुपर जुम, एआई सुधारिएको जुम तथा एआई इरेजरजस्ता सुविधामा सहज पहुँच पाउनेछन् ।

    यो उपकरणमा १०८ मेगापिक्सेल क्यामेरा, दुई मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने क्षमता तथा आईपी ६५ के स्तरको पानीप्रतिरोधी सुविधा समावेश गरिएको छ ।

    ‘अनर एक्स ८ डी’ दुई भेरियन्टमा उपलब्ध छ । आठ जीबी र्‍याम र १२८ जीबी क्षमताको प्रतिमूल्य ३९ हजार ९९९ रुपैयाँ तथा आठ जीबी र्‍याम र २५६ जीबी क्षमताको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

    लन्च अफरअन्तर्गत प्रत्येक खरिदमा तीन हजार ९९९ रुपैयाँबराबरको अनर च्वाइस इयरबड्स एक्स सात ई एक्टिभ निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend