सेयर बजारमा ७ अंककाे वृद्धि

सेयर बजारमा ७ अंककाे वृद्धि

images
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएकाे छ । 

    आज साेमबार नेप्से परिसूचक सात दशमलव ७३ अंकले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको हाे।

    यसदिन ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १९, लगानी शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०७, व्यापार एक दशमलव ३९ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend