सेयर बजार दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो

images
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । 

    शुक्रबार नेप्से परिसूचक १२ दशमलव ९६ अंकले बढेर दुई हजार ६८५ दशमलव ५४ अंकमा पुगेको हाे। 

    आज विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर रु तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मूल्यमा खरिद बिक्री भएको छ । 

    आज १३ उपसमूहमध्ये ११ उपसमूह बढेका छन् भने दुई उपसमूह घटेका छन् । 

    आज १८० कम्पनीको सेयर बढ्यो भने ८२ कम्पनीको सेयर घटेकाे छ । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend