नेप्सेमा झिनो अंककाे वृद्धि, साढे ३ अर्बकाे काराेबार

नेप्सेमा झिनो अंककाे वृद्धि, साढे ३ अर्बकाे काराेबार

images
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । 

    बुधबार नेप्से परिसूचक शून्य दशमलव ५५ अंकले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ ।

    आज विभिन्न कम्पनीका ८७ लाख एक हजार नौ सय ४४ कित्ता सेयर रु तीन अर्ब ५३ करोड २१ लाख पाँच हजार पाँच सय १८ मूल्यमा खरिदबिक्री भएका छन् ।

    कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको सूचक बढेको छ भने सात उपसमूहको सूचक घटेको छ । आज एक सय दुई कम्पनीको सेयर मूल्य बढ्दा एक सय ६५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend