काठमाडाैं । आज सुनको मूल्य स्थिर रहेको छ।
सोमबार तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय पुगेको सुनको भाउ आज सोही मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार र सोमबार गरेर ५ हजार २ सय रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य भने घटेको छ। तोलामा २५ रुपैयाँ घटेरर चाँदीको भाउ आज ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
.jpg)
