एसियन पेन्ट्स नेपालको कन्ट्री हेडमा दीपक बराल

एसियन पेन्ट्स नेपालको कन्ट्री हेडमा दीपक बराल

images
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्सले नेपालको व्यवसाय नेतृत्व गर्ने जिम्मेवारी दीपक बराललाई दिएको छ। कम्पनीले बराललाई नेपालका लागि नयाँ कन्ट्री हेडका रूपमा नियुक्त गरेको हो।

    व्यवसाय सञ्चालन, बिक्री तथा बजारीकरणदेखि वितरण व्यवस्थापन र नाफा–नोक्सान व्यवस्थापनसम्मको क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका बरालले अब एसियन पेन्ट्स नेपालको समग्र व्यवसायको नेतृत्व गर्नेछन्।

    बरालसँग विभिन्न औद्योगिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव छ। उनले एसियन पेन्ट्ससँगै सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट र सम्राट सिमेन्टमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

    कम्पनीका अनुसार २४ वर्षभन्दा लामो व्यावसायिक अनुभव बोकेका बरालको नियुक्तिले बहुराष्ट्रिय कम्पनीको नेपाल व्यवसायमा नेपाली व्यवस्थापकीय नेतृत्वलाई थप स्थापित गरेको छ।

    व्यावसायिक क्षेत्रमा उत्कृष्ट कार्यसम्पादनका लागि बरालले ‘एमडी तथा सीईओ एसीई अवार्ड्स २०२१’ अन्तर्गत उत्कृष्ट टोली पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।

    एसियन पेन्ट्सले बरालको अनुभव र नेतृत्व क्षमताले नेपालको बजारमा कम्पनीको व्यवसाय विस्तार तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend