गाजाका आधाभन्दा धेरै संरचना ध्वस्त

गाजाका आधाभन्दा धेरै संरचना ध्वस्त

images
सोमवार, जेठ २१ २०८१
  • संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध सुरु भएपछि गाजा पट्टीमा करिब ५५ प्रतिशत संरचनाहरू ध्वस्त, क्षतिग्रस्त वा सम्भावितरूपमा क्षतिग्रस्त भएका छन् । ​

    राष्ट्रसङ्घीय स्याटेलाइट विश्लेषण एजेन्सी युएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ । 

    उक्त अनुमान मे ३ मा लिइएको स्याटेलाइट तस्वीरमा आधारित छ । यसको तुलना गत वर्षको मे, सेप्टेम्बर र हमासले इजराइलमाथि आक्रमण गरेको अक्टोबर ७ भन्दा ठीक एक सातापछि अक्टोबर १५ मा लिइएको तस्वीरसँग गरिएको छ ।

    हमासले गरेको आक्रमणपछि युद्ध शुरू भएको थियो । पछिल्लो स्याटेलाइट तस्वीरको तुलना नोभेम्बरमा धेरै मितिमा लिइएका तस्वीरहरूसँग पनि गरिएको थियो ।

    'स्याटेलाइट इमेजरी विश्लेषअनुसार युएनओएसएटीले ३६ हजार पाँच सय ९१ ध्वस्त संरचनाहरूको पहिचान गरेको छ,' एजेन्सीले विज्ञप्तिमा भनेको छ । 

    यसका साथै १६ हजार पाँच सय १३ गम्भीररूपमा ध्वस्त संरचना, ४७ हजार तीन सय ६८ सामान्यरूपमा क्षतिग्रस्त संरचना र कूल एक लाख ३७ हजार दुई सय ९७ संरचनामा ३६ हजार आठ सय २५ सम्भावित क्षतिग्रस्त संरचना देखिएको एजेन्सीले उल्लेख गरेको छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend