होक्काइदो रेस्टुरेन्टमा ‘जापानी खाना उत्सव’

होक्काइदो रेस्टुरेन्टमा ‘जापानी खाना उत्सव’

images
बुधवार, जेठ ३० २०८१
  • जापानी खानाका पारखीलाई लक्षित गर्दै काठमाडौंमा ‘जापानी खाना उत्सव’ सुरु भएको छ । होटल र्‍याडिसन परिसरमा रहेको होक्काइदो रेस्टुरेन्टले शुक्रबारदेखि उत्सव सुरु गरेको हो ।

    आइतबारसम्म सञ्चालन हुने खाना उत्सव हरेक दिन साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म हुने होक्काइदोका सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए ।

    जापानी खाना, पेय पदार्थ र संगीतको उत्सवमा फरक स्वाद लिन सक्ने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए । आयोजकले उत्सवलाई नेपालमा ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ भनेको छ ।

    ‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरको कामपछि मानिसहरु पेय र खानाका लागि जम्मा हुन्छन् । अधिकारीले जापानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पुर्‍याउन र जापानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए ।

    उत्सवमा खानाको परिकारअनुसार प्रतिव्यक्ति ४४ सय, २७ सय र १७ सय रुपैयाँको गरी तीन प्रकारका मेनु राखिएको छ, जसमा लिमिटेड खानामा अनलिमिटेड अफर पाइने अधिकारीले बताए ।

    होक्काइदो नेपाल विजनेस ग्रुप (एचएनबीजी)ले नेपालमा पनि जापानी खानपान संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ । सन् २०१९ बाट यस समूहअन्तर्गत विभिन्न रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ, जहाँको भान्सामा परम्परागत जापानी व्यञ्जन पाक्ने गर्छ ।

    बूढानीलकण्ठको पार्क भिलेज होटलको हातामा होक्काइदो रामेन हाउस रेस्टुरेन्टबाट यसको थालनी भएको थियो । त्यसयता काठमाडौंका विभिन्न ६ स्थानमा जापानी रेस्टुरेन्ट खुलिसकेका छन् । होक्काइदोका शाखाहरु देक्काइडो फार्म हाउस बूढानीलकण्ठ, ओमाकासे नक्साल, इजाकाय होक्काइदो र्‍याडिसन होटल, होक्काइदो हाउस सानेपा र होक्काइदो बेन्तो हाउस बौद्धमा सञ्चालित छन् ।

    Republished for text from: https://www.onlinekhabar.com/2024/05/1477625

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend