मोरङको केरा बगानभित्र हात्तीको छावा मृत भेटियो

मोरङको केरा बगानभित्र हात्तीको छावा मृत भेटियो

images
बुधवार, जेठ ३० २०८१
  • मोरङको सुन्दरहरैंचा-६ मा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ ।

    बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।

    अन्दाजी ५-६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए ।

    छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए ।  कोशी टप्पु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थल तर्फ जाँदैछ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend