अबदेखि कानुनले तोकेबाहेक कागजातमा हुलाक टिकट टाँस्न नपर्ने

अबदेखि कानुनले तोकेबाहेक कागजातमा हुलाक टिकट टाँस्न नपर्ने

images
सोमवार, मंसिर ३० २०८२
  • काठमाडौं । अबदेखि ऐनले तोकेभन्दा बाहेकको ठाउँमा हुलाक टिकट टाँस्न नपर्ने भएको छ । सरकारले कानुनले तोकेको बाहेक अन्य कागजातमा हुलाक टिकट टाँस्नैपर्ने गरी राखिएका व्यवस्था खारेज गरेपछि अनिबार्य टिकट टास्न नपर्ने भएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य प्रचलन हटाउने निर्णय भएको हो ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend