काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन जनेजी आन्दोलनका क्रममा जलेका थिए । गत भदौं २३ र २४ को आन्दोलनका बेला संसद बस्नै नसक्ने गरी नयाँ बानेश्वरस्थित भाडामा लिइएको भबन जलेपछि अब आउने नयाँ सांसदका लागि बैठक स्थल कहाँ बन्छ ? अहिले आम मानिसको चासोको विषय बनेको छ ।
फागुन २१ मा निर्वाचन हुँदैछ । संविधानको धारा ९३ मा प्रतिनिधिसभाको निर्वाचन भएको एक महिनाभित्र संसद्को अधिवेशन आह्वान हुनुपर्ने व्यवस्था छ। निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक परिणाम आएर राष्ट्रपतिलाई आयोगले निर्वाचितहरुको विवरणसहितको प्रतिवेदन बुझाएको एक महिनाभित्र संसद बैठक बोलाउनु पर्ने संविधानको ब्यवस्था हो ।
ूराष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने छ,ू संविधानमा भनिएको छ।
त्यस आधारमा फागुन २१ मा चुनाव हुँदा त्यसको परिणाम फागुन अन्तिम सम्म आईसक्छ । त्यसपछि चैत अन्तिमतिरसम्म राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्रवान गर्नुपर्ने हुन्छ ।
तर त्यसका लागि पहिले संसद बैठकको नयाँ बैठक स्थल आवश्यक छ । नयाँ बानेश्वरस्थित बैठक स्थल अहिले काम लाग्ने अवस्थामा छैन । २०६४ मा जम्बो संविधानसभा बनेपछि सिंहदरवारबाट संसद बैठक स्थल नयाँ बानेश्वरस्थित अन्तराष्टिय सम्मेलन केन्द्रलाई भाडामा लिएर तयार पारिएको थियो ।
त्यसयता सिंहदरवारमै नयाँ संसद भवन बनिरहेको छ । तर पूर्ण रुपमा अहिलेसम्म तयार भईसकेको छैन । संसद सचिवालयले चुनावको मिति तोकिएको र नयाँ सासद आउने भएपछि बैठक स्थलका बारेमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री तथा मन्त्री परिषद्मै औपचारिक पत्र पठाएपछि सरकारले त्यसको अन्तिम तयारी गरेको छ ।
जसअनुसार अब अन्यत्र बैठक स्थल खोज्ने भन्दा सरकारले बनिरहेको भवनलाई नै पहिले बैठक कक्ष भने पनि तयार पार्ने गरी अन्तिम काम सुरु गरेको जनाएको छ । सरकारले संसद् सचिवालयलाई अबको एक महिनालगत्तै नयाँ हल तयार गर्ने बचन दिएको संसद सचिवालयले जनाएको छ ।
सहरी विकासमन्त्री कुमार इङ्नाम र मुख्य सचिव सुमनराज अर्यालसहितका अधिकारीहरूले सिंहदरवारमै बनिरहेको संसद भवनको अवलोकन गरेर तत्कालका लागि बैठक कक्षमात्रै भएपनि तयार पार्ने गरी काम गर्न निर्देशन गरेका छन् ।
ठेकेदार कम्पनीहरुले पनि अबको एक महिनाभित्र बैठक कक्ष तयार पारेर दिनसक्ने वचन दिएपछि सरकारले सिंहदरवारमै नयाँ संसद कक्ष तयार गर्ने संसद सचिवालयलाई जवाफ दिएको छ । सोही आधारमा अहिले त्यहाँ दुई सिफ्टमा काम भईरहेको छ ।
'हामीले सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण पनि गर्यौँ र निर्माणमा संलग्न कम्पनीसँग पनि कुरा गर्यौँ, ठेकेदार कम्पनी र सहरी विकास मन्त्रालयले बैठक बस्ने हल चाहिँ तयार हुन्छ भनेपछि हामीले अरू विकल्प खोजेका छैनौँ। अब सिंहदरवारमा बन्दै गरेको नयाँ भवनमै संसद बैठक बस्ने गरी तयारी अन्तिम चरणमा भईरहेको छ' प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराम अर्यालले भने ।
संरचनाको काम सकिइसकेको र त्यसको भित्री सजावट र विद्युतीय प्रणालीसँगै वातानुकूलित उपकरणका लागि कामहरू अहिले धमाधम भइरहेका छन्। फर्निचर पनि बनिरहेका छन्। अब सञ्चारका उपकरण जोड्ने काम मात्रै बाँकी रहेको र ती उपकरण पनि कन्टेनरबाट निकालेर अन्तिममा जडान गर्ने काम मात्र बाँकी रहेको बताइएको छ ।
.jpg)
