बुढानीलकण्ठ चुनीखेलमा आगलागी हुँदा २४ परिवार विस्थापित

बुढानीलकण्ठ चुनीखेलमा आगलागी हुँदा २४ परिवार विस्थापित

images
बुधवार, माघ २२ २०८२
  • काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेल नयाँबस्तीमा मंगलबार राती झण्डै तीन घण्टा लागेको आगलागीबाट २४ परिवार विस्थापित भएका छन् । आगलागीमा ७ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । विद्युत सट भएर आगलागी भएको प्रहरीले पारम्भिक अनुमान लगाएको छ । 

    आगलागी मंगलबार राति ११ बजेतिरबाट सुरु भई राती साढे १ बजेसम्म लागेको थियो ।  चुनिखेलमा विभिन्न जिल्लाबाट आई बसोबास गरिरहेका परिवारहरु लामो टहरा बनाएर बस्दै आएका थिए । जसक्रममा आगलागीमा परेर २४ परिवार विस्थापित भएका हुन् । 

    आगलागीपछि काठमाठौं महानगरपािलका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।


    २४ घर परिवारका सम्पूर्ण टहरा नै आगलागीबाट नष्ट भएको छ ।  आगलागीपछि विस्थापित भएकाहरुलाई वडा कार्यालयको सहयोगमा नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आजै खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

     आगलागीको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend