गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख जरिवाना

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख जरिवाना

images
मंगलवार, आषाढ ९ २०८३
  • चितवन । गृहमन्त्री सुधन गुरुङले भरतपुरस्थित एक होटलमा बिहानको नास्ता गर्ने क्रममा अम्लेटमा माछाको काँडा फेला परेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल अनुगमन गरी होटललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। होटलमा कार्यरत दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिइ बयान समेत लिएको थियो ।  
    गृहमन्त्रीले अम्लेटमा माछाको काँडा भेटिएको गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले भरतपुर विमानस्थल अगाडि रहेको लर्ड्स बिजनेस कम्प्लेक्स प्रालि मा अनुगमन गरेको थियो।
    अनुगमनका क्रममा होटलमा गुणस्तरहीन खाना पकाउने तेल प्रयोग गरिएको, तरकारी ताजा नरहेको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने अवस्थाका खाद्य सामग्री प्रयोग गरिएको निष्कर्ष निकालिएको प्रशासनले जनाएको छ।
    जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङले जारी गरेको विज्ञप्तिअनुसार उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनबमोजिम होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।
    प्रशासनले खाद्य व्यवसायीहरूलाई खाद्यान्नको गुणस्तर, सरसफाइ र उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील हुन समेत चेतावनी दिएको छ।

    हेर्नुहोस् कारवाहीको पत्र

    729778220_1922673731766583_2892887994984377846_n.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend